साउन १९, २०८३ मंगलबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दैछ।

बैठकमा आगामी महाधिवेशनको तयारीसँगै पार्टीका विभिन्न तहका अधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने भएको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १२ः३० बजे बस्ने बैठकमा महाधिवेशनको तयारीलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले बताए।

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारी गरिरहेको छ।