साउन १९, २०८३ मंगलबार

काठमाडौं । नेकपा (एमाले)का सांसद जगदीश खरेलले मुलुक संकटमा परेको बेला सरकार, सभामुख तथा विपक्षी दलहरूले जिम्मेवार भूमिका निर्वाह गरेको बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै खरेलले सुनसरी–सिराहमा देखिएको घटनालाई उल्लेख गर्दै संकटका बेला सबै पक्ष एकजुट भएर त्यसको सामना गरेको बताए।
उनले सरकारले सुरक्षा व्यवस्थापन राम्रोसँग गरेको तथा सभामुखले आवश्यक निर्देशन दिएको उल्लेख गरे। विपक्षी दलहरूले पनि देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी निर्वाह गरेको उनको भनाइ थियो।

सबै पक्षको समन्वयका कारण मुलुकमा उत्पन्न गम्भीर परिस्थितिको व्यवस्थापन गर्न सफल भएको बताउँदै खरेलले धार्मिक सौहार्दता र सामाजिक सद्भाव कायम राख्न पनि सफलता मिलेको दाबी गरे।
उनले संकटका बेला जिम्मेवार भूमिका निर्वाह गर्ने सरकार, सभामुख, विपक्षी दललगायत सबैप्रति हृदयदेखि धन्यवाद व्यक्त गरे।