काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान भएको भेटवार्ता १०ः५० बजे सुरु भएको हो। भेटवार्तामा प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच समसामयिक राष्ट्रिय विषयमा छलफल भएको जनाइएको छ।
भेटमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, राष्ट्रिय सुरक्षा तथा सरकार र नेपाली सेनाबीचको समन्वयलगायत विषयमा छलफल भएको हुनसक्ने बताइए पनि भेटवार्ताको औपचारिक एजेन्डा भने सार्वजनिक गरिएको छैन।
प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ताबारे थप विवरण सार्वजनिक हुन बाँकी छ। सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भएको भेटलाई सुरक्षा तथा समसामयिक राष्ट्रिय विषयमा नियमित उच्चस्तरीय छलफलका रूपमा समेत हेरिएको छ।
भेटवार्तामा उठेका विषय र छलफलको निष्कर्षबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा नेपाली सेनाबाट थप जानकारी आएपछि मात्र विस्तृत विवरण खुल्नेछ।