असोज ११, २०८३ आइतबार

काठमाडौं, ११ असोजः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई देशको आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदारका रूपमा परिचालन गर्ने सरकारको नीति र प्राथमिकता रहेको बताउनुभएको छ ।

    अमेरिकामा रहेका गैरआवासीय नेपाली (एनआरएन) तथा विभिन्न नेपाली डायस्पोरा संस्थाले आज न्युयोर्कमा आयोजना गरेको कार्यक्रममा उहाँले डायस्पोरासम्बन्धी सरकारका नीति तथा प्राथमिकताबारे जानकारी दिनुभयोे ।

    मन्त्री खनालको निजी सचिवालयका अनुसार नेपाली नेपाली डायस्पोराको ज्ञान, सीप, पुँजी, प्रविधि तथा सम्पर्क सञ्जाललाई मातृभूमिको आर्थिक विकास र रूपान्तरणमा उपयोग गर्ने सरकारको नीतिबारे उहाँले विस्तृत रूपमा जानकारी दिनुभयो ।