काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा गोली लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार २२ वर्षीय रवीन्द्र मेहताको मंगलबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो।
यसअघि साउन १० गते कप्तानगञ्जमा भएको घटनामा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको ज्यान गएको थियो। यस्तै, सिरहाको गोलबजारमा भएको सम्बन्धित घटनामा गणेश यादवको पनि मृत्यु भएको थियो।
रवीन्द्र मेहताको मृत्यु भएसँगै सुनसरीका तीन र सिरहाका एक गरी उक्त घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।