साउन ८, २०८३ शुक्रबार

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभामा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले जनताको हितविपरीत हुने कुनै पनि कानुन स्वीकार गर्न नसकिने बताएका छन्।

राष्ट्रिय सभामा बोल्दै नेता सुवेदीले कानुन निर्माण गर्दा नागरिकका अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र जनभावनालाई केन्द्रमा राख्नुपर्ने धारणा राखेका हुन्। उनले जनताको आवाजलाई बेवास्ता गर्दै ल्याइने कानुनी व्यवस्थाले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने बताए।

सुवेदीले संसद्को भूमिका कानुन निर्माण गर्ने मुख्य थलो भएकाले जनसरोकारका विषयमा गम्भीर छलफल आवश्यक रहेको उल्लेख गरे। उनले संसद्को गरिमा र जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

नेकपा संसदीय दलका नेता सुवेदीले यसअघि पनि सरकारका नीति, संसद्को भूमिका र जनजीविकासँग सम्बन्धित विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन्।