असार ४, २०८३ शुक्रबार

काठमाडौँ, ४ असारः राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत फोटोपत्रकार एवं राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड–२०२६’ बाट सम्मानित हुनुभएको छ ।

‘कर्पोरेट मिडिया ग्रुप’द्वारा आज यहाँ आयोजित ‘कर्पोरेट बिजनेस अवार्ड–२०२६’ को १८औँ संस्करणमा फोटोपत्रकार वन्तलाई उक्त अवार्ड प्रदान गरिएको हो । सङ्घीय सासंद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल तथा नेपाल उद्योग वाणिज्य महासङ्घका  पूर्वअध्यक्ष भवानी राणाले उहाँलाई अवार्ड तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा कर्पोरेट फोटोग्राफीसहित विभिन्न २३ विधामा योगदान पु¥याएका व्यक्ति तथा संस्थालाई समेत सम्मान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजङ्ग शाहले जानकारी दिनुभयो । ईश्वरलाल प्रतिष्ठानसँगको सहकार्यमा उक्त अवार्ड कार्यक्रम नेपालको निजी क्षेत्र, बैङ्किङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्ति तथा संस्थाको पहिचान तथा सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।