जेठ १५, २०८३ शुक्रबार

भोजपुर, १५ जेठः यहाँको  ऐसेलु खोलामा रु छ करोड ६९ लाखको लागतमा पक्की पुल निर्माण सुरु भएको छ । 

पुल बनेपछि आमचोक गाउँपालिका वडा नं २, ३, ५, ६, ७ का साथै रामप्रसादराई गाउँपालिकाका दुई वडाका सर्वसाधारणको दैनिक आवागमन सहज हुनेछ । 

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले कोशी प्रदेश सरकारको करिब रु छ करोड ६९ लाख लागतमा पुल निर्माण थालिएको राससलाई  जानकारी दिनुभयो । 
“ऐसेलु खोला पक्की पुल निर्माण सुरु गरेका छौँ”, प्रमुख रेड्डीले भन्नुभयो, “हाल तीनमध्ये एउटा पिलर ढलान भइसकेको छ । ” दुई ‘स्पान’मा निर्माण हुने पुल  ५२ मिटर लामो हुनेछ । आगामी दुई वर्षमा निर्माण पूरा गर्ने लक्ष्य छ ।