बैशाख ३१, २०८३ बिहिबार

मकवानपुर, ३१ वैशाख : बागमती प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले बागमती प्रदेशसभाको चालु अधिवेशनको बैठक भोलि जेठ १ गते राति १२ः०० बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

    सोही बैठकले ‘प्रदेश निजामती सेवा नियमावली, २०८३’ लाई स्वीकृति प्रदान गरिएको सरकारको प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो । 

    त्यसैगरी, सो बैठकले काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालनमा रहेको स्वास्थ्य तालिम केन्द्रलाई अब प्रदेशको राजधानी हेटौँडामा स्थानान्तरण गर्न स्वीकृत प्रदान गरेको छ । 

    सो बैठकले वातावरण संरक्षण ऐनलाई संशोधन गर्ने विधेयक र ‘प्रदेश उच्च शिक्षा ऐन, २०७८’ संशोधन गर्न संसद्को समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तामाङले बताउनुभयो ।