बैशाख १२, २०८३ शनिबार

कैलाली, १२ वैशाखः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबीच शिष्टाचार भेटर्वाता भएको छ । आज यहाँ प्रदेश प्रमुख निवासमा प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्रीबीच भेटर्वाता भएको हो । 

    भेटमा समसमायिक राजनीति र प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका विषयमा कुराकानी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम वैशाख १७ गते बिहीबार अपराह्न ४ः०० बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभयो ।