कात्तिक २७, २०८३ शनिबार

सहयात्री ढकाल, अमेरिका । नेपाली गीतसंगीतमा सक्रिय गायक, गीतकार तथा संगीतकार सर्गम राईको नयाँ गीत ‘बसी देऊ तिमी...’ सार्वजनिक भएको छ। आर जि टी  फिल्मस को प्रस्तुति रहेको गीतमा राईकै स्वर, शब्द र संगीत रहेको छ ।
गीतमा बादल लिम्बुको संगीत संयोजन तथा अम्बिका राईको सहायक स्वर रहेको छ। गायनसँगै गीत लेखन र संगीत सिर्जनामा सक्रिय राईले यसअघि ‘खुसी साटौँ जुनी काटौँ’, ‘माया गाढा छ’, ‘पाती चढाउँला’, ‘दुई मुटु’, ‘जिन्दगीका मोडहरूमा’ र ‘मगमग बसना’ लगायतका गीत सार्वजनिक गरिसकेका छन्। बाल्यकालदेखि नै संगीतप्रति रुचि राख्ने राईले गुरु जोन मलिकसँग पाँच वर्षसम्म शास्त्रीय संगीतको अध्ययन गरेका थिए। गायन, शब्द र संगीत सिर्जनालाई सँगसँगै अघि बढाउँदै आएका उनी नेपाली भाषी समुदायमा सम्भावना बोकेका सर्जकका रूपमा परिचित छन्। प्रवासमा रहेर पनि नेपाली गीतसंगीतलाई निरन्तरता दिँदै आएका राईको पछिल्लो गीतले उनको सिर्जनात्मक पहिचानलाई थप उजागर गरेको छ।

गीत हेर्न तथा सुन्न तल क्लिक गर्नुहोस ।