कात्तिक २०, २०८३ शुक्रबार

काठमाडौँ, २० कात्तिकः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच हजार ९०० ले घटेको छ भने चाँदीको मूल्य भने रु ११० ले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार  र चाँदीको मूल्य त्यति रु तीन हजार ८१० कायम भएको छ । 

    हिजो बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य रु तीन हजार ९२० कायम थियो ।