असोज २८, २०८३ बुधबार

फाइल फाेटाे

काठमाडौँ, २८ असोजः प्रधानमन्त्री वालेन्द्र शाहले  काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गर्नुभएको छ । 

    बडादसैँको चौथो दिन आज प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गर्नुभएको पाँचखाल–९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

    अध्यक्ष श्रेष्ठका अनुसार प्रधानमन्त्री बिहान १०ः०० बजे  भगवती दर्शनका लागि त्यहाँ पुग्नुभएको थियो । 

    प्रधानमन्त्री शाहका साथमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि हुनुहुन्थ्यो ।