असोज २८, २०८३ बुधबार

फाइल फाेटाे

काठमाडौँ, २८ असोज : स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार ७०० र चाँदीको मूल्य रु १०० ले  घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार २५५ कायम भएको छ । 

छापावाल सुन मङ्गलबार प्रतितोला रु दुई लाख ९२ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३५५ कायम भएको थियो ।