असोज ५, २०८३ सोमबार

हेटौँडा, ५ असोजः बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादले लोकतन्त्र, जनसहभागिता, सामाजिक न्याय र समयसापेक्ष परिवर्तनको बहसलाई अगाडि बढाएको बताउनुभएको छ । 

    मदन भण्डारी फाउण्डेसनको २७औँ स्थापना दिवस तथा जननेता मदनकुमार भण्डारीको हीरक जयन्तीका अवसरमा आज हेटौँडामा आयोजित कार्यक्रममा उहाँले नेता भण्डारीको समाज परिवर्तन गर्ने जबजको सूत्र उपयोगी रहेको धारणा व्यक्त गर्नुभयो ।

    प्रदेश प्रमुख देवकोटाले सुशासन र जवाफदेहितामा जोड दिँदै राजनीतिको केन्द्रमा नागरिकको जीवन हुनुपर्छ भन्नुभयो ।