काठमाडौँ, ३१ भदौः राष्ट्रियसभाका सदस्यहरूले सर्वसुलभ प्रसुती सेवा उपलब्ध गराउन माग गर्नुभएको छ । उहाँहरूले सडकमै शिशु जन्माउनुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
राष्ट्रियसभाको आजको बैठकको आकस्मिकमा धर्मेन्द्र पासवानले मधेसमा सही स्थानमा स्वास्थ्यचौकी स्थापना गरेर सबैलाई स्वास्थ सेवा दिनुपर्नेमा जोड दिनुभयो ।
सदस्य रेनु चन्दले गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै सो विषयमा गृह मन्त्रालयले स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
सदस्य रोशनी मेचेले पछिल्लो समय महिला र बालबालिकामाथि दुरव्यवहार बढ्दै गएकाले यस्ता समस्या समाधानका लागि उचित पहल गर्न माग गर्नुभयो ।