भदौ २८, २०८३ आइतबार

झापा, २८ भदौः कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले रु ३० लाख बराबरका स्वास्थ्य उपकरण प्रदान गरेको छ । 

झापाली समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेलका अनुसार अस्पताललाई एउटा अल्ट्रासाउण्ड मेसिन र बायो रेड डी मेसिन प्रदान गरिएको हो । सो उपकरण अध्यक्ष पोखरेलले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई हस्तान्तरण गर्नुभयो ।

 काठमाडौँस्थित लिमिनल हेल्थकेयर प्रालिले समाजलाई उपलब्ध गराएको उपकरण आवश्यकताको पहिचान गरी कन्काइ नगरपालिकालाई हस्तान्तरण गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो । उपकरणका कारण अस्पतालमा स्वास्थ्य परीक्षण गर्न सहज हुने अपेक्षा गरिएको छ । 
–––