भदौ २६, २०८३ शुक्रबार

जनकपुरधाम, २६ भदौः धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई रु. २० लाख ३० हजार ५५४ प्रदान गर्ने भएको छ ।

गाउँपालिकाको विपद् कोष तथा जनप्रतिनिधि र कर्मचारीको तलबबाट कट्टा गरी उक्त रकम  गर्ने निर्णय पालिकाले गरेको हो । 

गाउँपालिकाले विपद् कोषबाट रु. पाँच लाख, जनप्रतिनिधिको तलबभत्ताबाट रु. एक लाख एक हजार १७८, कर्मचारीको तलबबाट रु. पाँच लाख ४८ हजार ७६८ तथा शिक्षक र विद्यालय कर्मचारीको तलबबाट रु. आठ लाख ८० हजार ६०८ गरी रु. २० लाख ३० हजार ५५४ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिने जनाइएको छ ।