काठमाडौँ, २१ भदौः नुवाकोट–ककनीका कपिल भण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख सहयोग गर्नुभएको छ ।
ककनीमा जन्म भई हाल अमेरिकाको एलेडोमा बस्दै आउनुभएका भण्डारीले यही भदौ १० गतेको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि उक्त रकम सहयोग गर्नुभएको बताउनुभयो ।
“नेपालले मलाई मेरो सुरुआत र पहिचान दियो, आज नेपाललाई परेको यो विपत्तिको घडीमा मातृभूमिका पक्षमा उभिन चाहन्छु, मेरो यो सानो प्रयासले केही परिवारलाई राहत मिल्नेछ भन्ने आशा राखेको छु”, भण्डारीले भन्नुभयो ।