भदौ १७, २०८३ बुधबार

नवलपुर (नवलपरासी), १७ भदौः रसुवा बाढीपीडितलाई विनयी त्रिवेणी गाउँपालिकाले रु ३२ लाख सहयोग प्रदान गर्ने भएको छ ।  

    बाढीपीडितको  राहत  उद्धार तथा पुनःस्थापनाका उक्त रकम प्रदान गरिने भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।  

    राहतका लागि पालिकाले पालिकाका जनप्रतिनिधि, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको तर्फबाट जम्मा गरी एकमुष्ट  ३२ लाख ३० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिने भएको छ ।
---