भदौ १७, २०८३ बुधबार

मकवानपुर, १७ भदौः भीमफेदी गाउँपालिकाले भोटेकोसी बाढी पीडितलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

    गाउँपालिकाले रसुवाका गोसाइँकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिका तथा नुवाकोटका आमाछोदिङ्मो, कालिका र किस्पाङ गाउँपालिकालाई जनही एक लाख रुपैयाँका दरले कुल पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने पालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । 
    
    विपद्का समयमा तत्काल राहत तथा पुनःस्थापनाका काममा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको लामाले बताउनुभयो । सहयोग रकम गाउँपालिकाका जनप्रतिनिधिले प्राप्त गर्ने पारिश्रमिकबाट जम्मा गरिएको हो ।