भदौ १६, २०८३ मंगलबार

जुम्ला, १६ भदौः भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि जुम्ला उद्योग वाणिज्य सङ्घले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ ।

    सङ्घका अध्यक्ष  दिलबहादुर रोकायाका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिनुभयो  । 
    
    बाढीपहिरोबाट रसुवामा ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुल, घर तथा विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ ।