सुनसरी — सुनसरीमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर युवा ओम प्रकाश मेहताको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङले घोर भर्त्सना गरेका छन्।
गृह प्रशासनको कमजोर कार्यक्षमता र नालायकीका कारण देशमा अराजकता र कर्फ्यु लगाउनुपर्ने स्थिति सिर्जना भएको ठहर गर्दै नेता गुरुङले सरकारलाई कडा चेतावनी दिएका छन्। राज्यबाटै नागरिकमाथि गरिएको यस्तो बर्बरतापूर्ण दमन सैह्य नहुने उनको भनाइ छ।
प्रमुख माग तथा घटनाका मुख्य बुँदाहरू:
उच्चस्तरीय छानबिनको माग: घटनाको सत्यतथ्य बाहिर ल्याउन तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरी निष्पक्ष र न्यायिक छानबिन गर्न जोडदार माग गरिएको छ।
घाइतेको शीघ्र स्वास्थ्यलाभ: उक्त झडप र घटनामा परी घाइते भएका सुरक्षाकर्मी तथा अन्य नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
सरकारलाई चेतावनी: गृह प्रशासनको दमनकारी नीति र प्रशासनिक असफलताले स्थिति थप गम्भीर बनाएको भन्दै यस्ता घटना दोहोरिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने कडा चेतावनी दिइएको छ।
मृतक ओम प्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेता गुरुङले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।