सुरुङ्गा (झापा), ११ असारः झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवाखोला पुल नजिक टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
रामचोकबाट भद्रपुरतर्फ जाँदै गरेको मे१क ६४३ नम्बरको गिट्टी बोकेको टिपरले पैदल हिँडिरहेकी स्थानीय १० वर्षीया अनुकृति चापागाईलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी अनुकृतिलाई उपचारका लागि बिर्तासिटी अस्पताल पु¥याइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।
घटनापछि बालिकाको शव अस्पतालको शवगृहमा राखिएको छ । टिपर चालक बुद्धशान्ति गाउँपालिका–१ का ५३ वर्षीय श्यामप्रसाद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।