फागुन २६, २०७७ बुधबार

भारत केही देशलाई खोप निःशुल्क दिएको छ भने धेरै जसो देशलाई बेचेको छ । नेपाललाई शुरुआती चरणमा निःशुल्क दिए पनि पछि भने बेचेको छ । नेपालजस्तै श्रीलंका, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सशेल्सलाई गरी भारतले ५६ लाख डोज भ्याक्सिन निःशुल्क दिएको हो । भारतले पछिल्लो समय अर्को छिमेकी पाकिस्तानलाई १ करोड ६ लाख डोज खोप दिने भएको छ । भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया एसआईआई कोभिशिल्ड र भारत बायोटेक को–भ्याक्सिन उत्पादन भइरहेको छ ।