असार ३, २०८३ बुधबार

वासिङ्टन, ३ असार: अमेरिकी सैन्य अधिकारीहरूले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जना व्यक्तिको मृत्यु भएको बताएका छन् ।

आक्रमण गत सेप्टेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा संयुक्त राज्य अमेरिका ल्याटिन अमेरिकाबाट सञ्चालित लागु–औषध तस्कर नियन्त्रण गर्न सुरु गरिएको सैन्य अपरेसन “साउदर्न स्पियर“ को एक भाग भएको जनाइएको छ ।

“गुप्तचरले उक्त डुङा पूर्वी प्रशान्तमा नार्को–तस्करी मार्गहरूमा पारगमन गरिरहेको र नार्को–तस्करी अपरेसनमा संलग्न रहेको पुष्टि गरेको  युएस साउदर्न कमान्ड (साउथकम) ले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ ।

आक्रमणमा परी दुई जना मानिसहरू घाइते भएको जनाइएको छ, भने अमेरिकी तट–रक्षकले उनीहरुको खोजी तथा उद्धार अभियान सुरु गरेको साउथकमले जनाएको छ ।

क्यारिबियन सागर र पूर्वी प्रशान्त महासागरमा “साउदर्न स्पियर“ आक्रमण क्रममा  २०० जना भन्दा बढी मानिसको मृत्यु भएको एएफपीले जनाएको छ ।

कानुनी विज्ञहरू र अधिकार समूहहरूले संयुक्त राज्य अमेरिकाका लागि तत्काल खतरा  नगर्ने नागरिकहरूलाई लक्षित गरी गरिएका आक्रमणहरु गैरन्यायिक आक्रमण हुने जनाएका छन् ।