असार ५, २०८३ शुक्रबार

क्यानबेरा, ३ असार :अष्ट्रेलियाली सरकारले शुक्रबार युक्रेनलाई थप ७० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

अष्ट्रेलियाका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्लेसले आगामी १२ महिनामा नेटोको प्राथमिकता युक्रेन आवश्यकता सूची (पीयूआरएल) का लागि अस्ट्रेलियाले दुई करोड ५० लाख अमेरिकी डलर  दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

अष्ट्रेलियाले  सन् २०२५ डिसेम्बरमा गरेको प्रारम्भिक ५० लाखको सहयोगको निरन्तरता भएको जनाइएको छ भने यो सँगै युक्रेनको लागि अष्ट्रेलियाको कुल सहयोग एक अर्व ८० करोड अमेरिकी डलर पुगेको मार्लेसले बताउनुभएको छ ।