टोकियो, २असार : अमेरिका–इरान शान्ति सम्झौता पछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुनः सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार देखि तेल र ग्यासका लागि महत्वपूर्ण ढुवानी मार्ग मानिने हर्मुज “पूर्ण रूपमा खुला“ हुने जनाउदै जलमार्गबाट आवागमन सुनिश्चित गर्न अझै “खोजी“ भइरहेको बताउनुभएको छ ।
ट्रम्पले जापान लगायत विश्वव्यापी सहयोगीहरूलाई स्टेट अफ हर्मुज खोल्न मद्दत गर्न यस क्षेत्रमा युद्धपोत पठाउन दबाब दिनु भएको छ ।
यस विषयमा हाल सम्म कुनै निर्णय नगरिएको जापानी रक्षामन्त्री सिन्जिरो कोइजुमीले मङ्गलबार बताउनुभएको छ ।
कोइजुमीले सहयोगी अमेरिकासहित सम्बन्धित देशहरूसँग नजिकबाट परामर्श गरी परिस्थितिको सावधानीपूर्वक मूल्याङ्कन र अन्तर्राष्ट्रिय कानूनको आवश्यक उपायहरू बारे विचार गर्न चाहेको बताउनुभएको छ ।
गत अप्रिलमा, सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ सदस्यहरूले युद्ध रोकिएपछि जापानले स्ट्रेट अफ होर्मुजमा अवरोधहरू हटाउन आवाश्यक तैनाथी गर्ने विचार गर्नु पर्ने बताएको जनाइएको छ ।
हाल फ्रान्समा “जी सेवेन” शिखर सम्मेलनमा सहभागी प्रधानमन्त्री साने ताकाइचीले युद्धविराम सम्झौता पछि जापानसँग विभिन्न विकल्पहरू रहने बताउनु भएको छ ।
यसअघि सन् १९९१ मा भएको खाडी युद्धमा युद्धविराम पछि जापानी सेना माइन–क्लियरेन्स अपरेसनमा संलग्न भएको थियो ।