जेठ १३, २०८३ बुधबार

ब्रसेल्स (बेल्जियम), १३ जेठ : युरोपियन युनियनका सदस्य राष्ट्रहरूले  संयुक्त राज्य अमेरिकासँग भएको व्यापार सम्झौता औपचारिक रूपमा कार्यान्वयन गर्ने तofरीका साथ युरोपेली संसदले बुधबार स्वीकृत गरेका छन् । जसको कार्यन्ययनको लागि अन्तिम हस्ताक्षर वाँकी छ ।

गत जुलाईमा भएको सम्झौताले अधिकांश युरोपेली सामानहरूमा १५ प्रतिशत अमेरिकी कर कायम गरेको थियो । 

तर गत हप्ता ईयूका राजधानीहरू र सांसदहरू बिच भएको सम्झौताले सम्झौता कार्यान्वयन गर्न वा दण्डात्मक नयाँ करहरूको सामना गर्न अनयथा ट्रम्पको जुलाई -४ को समयसीमा पूरा गर्न निगरानी गरेको जनाइएको छ । 

ब्रसेल्समा आयोजित कूटनीतिक बैठकले औपचारिक रूपमा सम्झौतालाई अनुमोदन गरेको छ भने सांसदहरूले जूनको मध्य तीर आधिकारिक रूपमा समर्थन गर्ने जनाइएको छ । 

संयुक्त राज्य अमेरिकाले आफ्नो अठोट छाडेमा सम्झौताले ईयूका कर दरहरु हटाउनका लागि सुरक्षित उपायहरू समावेश गरेको जनाइएको छ । 

तर उनीहरूलाई ह्वाइट हाउससँगको तनावबाट बच्नका लागि सांसदहरूको प्रारम्भिक मागबाट पछि हटाइएको जनाइएको छ । सम्झौताको म्याद ट्रम्पको कार्यकाल समाप्त भए पछि २०२९ को अन्त्य सम्म हुने बताइएको छ । 

सम्झौता अनुसार संयुक्त राज्य अमेरिकाले संसदले चाहेको पूर्व शर्त बनाउनुको सट्टा निर्धारित समयमा १५ प्रतिशत भन्दा बढी अतिरिक्त करहरू हटाउन वर्षको अन्त्य सम्मको समय सिमा दिएको छ ।

ग्रिनल्याण्ड कब्जा गर्ने ट्रम्पको धम्कीलाई लिएर यो व्यापार सम्झौतालाई युरोपेली सङ्घका लागि प्रतिकूल ठान्ने संसदले अनुमोदन प्रक्रियालाई धेरै पटक स्थगित गरेको थियो ।

 अन्ततः युरोपेली आयोगले युरोपेली सङघको सबै भन्दा ठुलो व्यापारिक साझेदार अमेरिकासँगको सम्बन्ध कायम राख्नुपर्ने आवश्यकतालाई उद्धृत गर्दै शुल्क सम्झौताको कार्यान्वयन गर्ने जनाएको छ ।