फागुन ३, २०७७ सोमबार

काठमाडौ ।  सरकारले फागुन २४ गतेदेखि कोरोना विरुद्धको खोप समुदायस्तरमा लगाउने तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशषज्ञ चिकित्सक डा.रोशन पोखरेलले ​फागुन २४ गतेदेखि समुदायमा खोप लैजाने तयारी मन्त्रालयको रहेको बताए । हाल जारी खोप अभियानलाई नरोक्न खोप खरिद प्रकृया अगाडि बढेको उनले जानकारी दिए ।

डा . पोखरेलले दोस्रो चरणको खोप अबको केही हप्तामा नै आउने संकेत गरे । पोखरेलले भने, ुसमुदायमा खोप पाउनुपर्ने वर्गले खोप पाएका छैनन्, जबसम्म समुदायमा खोप पायौं भन्ने अवस्था रहँदैन त्यो बेलासम्म खुशी हुन सकिँदैन ।’

भारतले  गत माघ पहिलो हप्ता सिरम कम्पनीले उत्पादन गरेको कोभिशिल्ड खोप दिएको थियो। सो खोप सरकारले गत माघ १४ गतेबाट पहिलो प्राथामिकतामा परेकाहरुलाई लगाइरहेको छ।