शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
खोप लगाएपछि प्रधानमन्त्री ओली अहिले आराम गरिरहेका छन्।
यसअघि आजै बिहान सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर गृहमन्त्री रामबहादुर थापाले पनि खोप लगाएका छन्।
सरकारले आजदेखि ६५ वर्ष उमेर पुगेका नागरिकलाई खोप लगाइरहेको छ।