काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अर्थात् भोलि कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउने भएका छन् ।
ओलीले आइतबार बिहान शिक्षण अस्पतालमा पुगेर कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका हुन् ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड १९ खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको खोप लगाउनेबारे जानकारी दिएका हुन् ।