पुस २१, २०८१ आइतबार

काठमाडौँ, २१ पुसः राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक उत्तम सिल्वाललाई मातृशोक परेको छ । उहाँकी आमा सत्यरुपा सिल्वालको गए राति धादिङको मलेखुस्थित आफ्नै निवासमा निधन भएको हो । उमेरका कारण खाना नरुच्ने समस्या खेपिरहनुभएकी उहाँ ८७ वर्षीया हुनुहुन्थ्यो ।

स्वर्गीय सिल्वालको स्थानीय मलेखु खोला र त्रिशूली नदी दोभानमा केही बेरपछि अन्त्येष्टि हुनेछ । प्रधानसम्पादक सिल्वालसहित उहाँका चार छोरा र दुई छोरी हुनुहुन्छ ।