फागुन २१, २०७७ शुक्रबार

एजेन्सी

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सबैभन्दा बढी प्रभावित भने संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोरोना संक्रमितको संख्या दैनिक ४० हजारभन्दा कम पाइएको छ ।

खोप अभियान तिब्र बनाइएको अमेरिकामा अर्को चरणको संक्रमण फैलिने आशंका भइरहेको अवस्थामा नयाँ विवरणले अमेरिकी अधिकारीहरुलाई खुशी मिलेको छ । लकडाउन र प्रतिबन्धबाट आम जनताको दैनिकी र देशकै अर्थतन्त्रमा नकारात्मक असर परिरहेको अवस्थामा पछिल्लो विवरण सार्वजनिक भएको हो ।

अमेरिकामा दैनिक संक्रमितको संख्या यसै वर्षको जनवरी महिनाका सुरुवाती दिनहरुमा दैनिक तीन लाखसम्म पुगेको थियो । दैनिक संक्रमितको संख्यामा कमी र खोपको प्रयोग बढेसँगै अमेरिकाका धेरै राज्यले अनिवार्य मास्क लगाउने नियम हटाइदिएका छन् । तर राष्ट्रपति जो बाइडेनले यो सोचाई पुरातनपन्थी रहेको भन्दै आलोचना गरेका छन् ।

राष्ट्रपति बाइडेनले आफ्नो १०० दिने कार्यकालमा १० करोड मानिसलाई खोप लगाइसक्ने घोषणा गर्नु भएको थियो ।