फागुन २०, २०७७ बिहिबार

कोरोना

एजेन्सी : नेपालमा आज बिहीबार थप एक सय सात जना कोरोना भाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यो सँगै नेपालमा कुल संक्रमितको सङ्ख्या दुई लाख ७४ हजार चार सय ८८ पुगेको छ । यस्तै आज ७८ संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार छ सय ८३ पुगेको छ ।

हाल ७ सय ९५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । आज कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार दस पुगेको छ ।