बैशाख ९, २०८१ आइतबार

काठमाडौँ, वैशाख : भूकम्पसम्बन्धी सम्पूर्ण जानकारी दिने प्रदर्शनी नक्सालस्थित नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा आजबाट सुरु भएको त्रिचन्द्र क्याम्पसको भूगर्भशास्त्र विभाग मानविकी तथा सामाजिक शास्त्र सङ्काय, हिरोशिमा युनिभर्सिटी जापानको संयुक्त आयोजितटच इन्डोयुरोसेयिन प्लेट बाउन्ड्रीनामक प्रदर्शनी सुरु भएको हो     
    
 प्रदर्शनीका संयोजक तथा विभागका सहप्राध्यापक डा दीपक चम्लागाईंले भूकम्पसम्बन्धी सम्पूर्ण जानकारी दिनु नै प्रदर्शनीको मुख्य आकर्षण रहेको बताउनुभयो उहाँले भन्नुभयो, “यो प्रदर्शनी भूकम्पसम्बन्धी अध्ययन गरिरहेका अनुसन्धानकर्ता विद्यार्थीलाई निकै उपयुक्त भूकम्प कसरी जान्छ ? यसले पार्ने प्रभावलाई हामीले स्पष्ट तरिकाले देखाउन खोजेका छौँ ”    
    
 उहाँले नेपाल भूकम्पीय दृष्टिकोणले संसारकै जोखियमुक्त देश मानिने भएकाले समुदायस्तरमा नै भूकम्पसम्बन्धी जानकारी गराउने उद्देश्य प्रदर्शनीले राखेको बताउनुभयो भूकम्पपछि देखिने विभिन्न दरारहरु अध्ययन गरेका छौँ त्यसको अवशेष पनि ल्याएका छौँ भूकम्पीय दरारहरु विद्यार्थी जनमानसमा कसरी चिनाउने नै हाम्रो मुख्य लक्ष्य हो”, उहाँले भन्नुभयो     
    
 त्यसैगरी जापानका सहप्राध्यापक डा यासुहिरो कुमहाराले यस प्रदर्शनीले भूकम्प कसरी जान्छ त्यसपछिका अवस्थालाईथ्रिडी मोडलनै बनाएर प्रस्तुत गर्न खोजिएको जानकारी दिनुभयो हामीले अनुसन्धान गरेर दरारहरु पत्ता लगाएर त्यस विषयमा बुझाउन यो प्रदर्शनी गरेका हौँ भूकम्पीय दरारहरुकै नमूना ल्याएर देखाउन खोजेका छौँ उहाँले आगामी दिनमा भूकम्पसम्बन्धी सङ्ग्रहालय नै नेपालमा बनाउन सके राम्रो हुने बताउनुभयो प्रदर्शनी बिहीबारसम्म चल्नेछ प्रदर्शनीमा भूकम्पसबन्धी विद्यार्थीका चित्रकला पनि समावेश रहेको