बैशाख ९, २०८१ आइतबार

काठमाडौँ, वैशाख : विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका १६ जनालाई सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको        

सिंहदरबारस्थित निषेधित क्षेत्रमा बिरोध प्रदर्शन गरेका कारण उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले  जानकारी दिनुभयो उहाँले भन्नुभयो, “सिंहदरबारको निषेधित क्षेत्रमा अखिल क्रान्तिकारी विद्यार्थी सङगठनका संयोजक मिलन राई, क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यालय सदस्य अविनाश कुँवर पार्टी सचिवालय सदस्य हरिकृष्ण गजुरेलको नेतृत्वमा आन्दोलन गर्ने १६ जनालाई पक्राउ गरेका छौँ ”    
 उनीहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको प्रवक्ता अधिकारीले बताउनुभयो