बैशाख ९, २०८१ आइतबार

काठमाडौँ, वैशाख: नेपाल प्रहरीले अनुसन्धानका क्रममा रहेका विषयको समाचार लेख्दा संयम बन्न आग्रह गरेको नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेकोआपराधिक घटनाको समाचार सम्प्रेषणसम्बन्धी सञ्चारकर्मीसँग गरेको अन्तक्र्रियामा अपराध अनुसन्धानका क्रममा रहेका घटनाको समाचार लेख्दा संयम बन्नुपर्नेमा जोड दिइयो     
    
 अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले आंशकाका भरमा कसैको सङ्लग्नताबारे समाचार सम्प्रेषण गर्दा भ्रम सिर्जना हुने भन्दै यस्ता प्रकृतिका समाचार सम्प्रेषणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो     
    
 “तथ्यमा आधारित नभएका समाचार जथाभावी रुपमा सम्प्रेषण गर्दा आम जनताप्रति भ्रम सिर्जना भएको , यस्ता समाचार सम्प्रेषणमा विशेष ध्यान दिन जरुरी ”, उहाँले भन्नुभयो एआईजी तामाङले प्रहरीले आम जनसरोकारका विषय सञ्चारमाध्यमलाई प्रदान गर्दैै आइरहेको उल्लेख गर्नुभयो     
 नेपाल प्रेस काउन्सिलका आचारसंहिता अनुगमन शाखा प्रमुख महेन्द्रराज सिंहले काउन्सिलले प्रेस काउन्सिल ऐन २०४८ बमोजिम आचारसंहिता निर्माण गरी सञ्चारमाध्यमको अनुगमन गर्दै आइरहेको उल्लेख गर्नुभयो जनशक्तिले भ्याएसम्म आचारसंहिता उल्लङ्घन गर्दै आएका सञ्चारमाध्यमलाई प्रेस काउन्सिलले कारबाही गर्दै आइरहेको उहाँले भन्नुभयो     
    
 सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी शाखा अधिकृत शारदा चालिसेले सत्य, तथ्य विश्वसनीय समाचार सम्प्रेषणमा मन्त्रालयले काम गरिरहेको बताउनुभयो उहाँले सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्का निर्णयलाई आम जनतासमक्ष पु¥याउनका नियमित पत्रकार सम्मेलन गर्दै आइरहेको उल्लेख गर्नुभयो     
    
 कार्यक्रममा उपस्थित सञ्चारकर्मीले सूचना लुकाउँदा आम जनताको सुसूचित हुने हकको हनन हुने भएकाले समाचार दिँदा कन्जुस्याईँ गर्न नहुनेमा जोड दिनुभएको थियो