बैशाख ९, २०८१ आइतबार

अर्घाखाँची वैशाखः अर्घाखाँचीका विभिन्न स्थानमा शनिबार भएको आगलागीका कारण ४३ घर गोठ जलेर नष्ट भएका छन् आगलागीका कारण २० वटा घर, २३ गोठ, ११ बाख्रा भैंसी चलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिनुभयो     
    
 भूमिकास्थान नगरपालिका वडा नम्बर धारापानीमा हिजो भएको आगलागीमा २३ घरगोठ जलेका थिए नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जी लगायतका गाउँको आगलागीले १३ घर १० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताउनुभयो     
    
 उहाँका अनुसार बस्तीमा लागेको आगो नियन्त्रणमा आए पनि वनमा लागेको आगो भने अझै नियन्त्रणमा आएको छैन     
    
 आगलागीबाट पाणिनी गाउँपालिकामा दुई वटा घर पाँच वटा गोठ जलेका छन् शितगङ्गा नगरपालिका वडा नम्बर १२ भेडामारे, डोहोटे, गल्डुङ्गलगायतका स्थानमा डढेलोले पाँच घर आठ गोठ जलेर नष्ट भएका छन्