काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएकी छन् ।
बुधबार पहिलो चरणको खोप लगाएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । झाँक्रीले सबैलाई खोप अभियानमा सहभागी हुन आग्रहसमेत गरेकी छन् ।
‘कोभिड–१९ विरुद्ध खोप अभियान २०७७–७८ मा सहभागी भएँ । आजै पहिलो खोप लगाएँ । सबैलाई यो अभियानमा सहभागी हुन अनुरोध गर्दछु । यहि फागुन २३ देखि २८ सम्म ५५ वर्षमाथि उमेर समूहलाई लक्षित गरी स्थानीय तहमै खोप लगाइने छ । सबैले खोप लगाऔँ, सुरक्षित भई बाँचौँ,’ उनले आफ्नो फेस्बुकमा लेखेकी छन् ।