फागुन १७, २०७७ मंगलबार

काठमाडौं : नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ अस्पताल भर्ना भएका छन् । उनलाई अक्सिजनको मात्रा कमी देखिएपछि सोमबार साँझ अस्पताल भर्ना गरिएको हो ।

उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको कांग्रेसका गण्डकी प्रदेश सांसद एवं नेता मेघलाल श्रेष्ठले जानकारी दिए । पूर्व उपप्रधानमन्त्री एवं कांग्रेसका संगठन विभाग प्रमुख श्रेष्ठको सम्पूर्ण ल्याव परीक्षण सामान्य आएको सांसद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेता श्रेष्ठको कोरोना रिपोट पनि नेगेटिभ आएको छ ।