असार ५, २०७८ शनिबार

 नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ।

हाल देशभर ५७ हजार ६१८ जना सक्रिय संक्रमित रहेका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार १० पीसीआर परीक्षणबाट १ हजार ६८८ र ४ हजार ६८६ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अुनसार गत २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ।