असार ४, २०७८ शुक्रबार

नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार देशभर ४४ जना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ पुगेको छ।

यस्तै गत चौबीस घन्टामा ४ हजार २० जना संक्रमित डिस्चार्ज भएका छन् भने देशभर ५९ हजार ६२४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार ५ सय ६९ पीसीआर तथा ५ हजार ४ सय ६८ एन्टिजेन परीक्षण भएको छ।