असार ३, २०७८ बिहिबार

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४१३, भक्तपुरमा ३६ र ललितपुरमा १२१ जना संक्रमित थपिएका हुन्।

यस्तै देशभर पछिल्लो २४ घण्टामा थप २६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ७ हजार ७११ पीसीआर परीक्षणबाट १ हजार ७६८ र ४ हजार ७७३ एन्टिजेन परीक्षणबाट ८३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा ३९ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ९७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार १४१ जना कोरोना संक्रमणमुक्त भएका छन्।