असार २, २०७८ बुधबार

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३५४, भक्तपुरमा ७९ र ललितपुरमा ६६ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्यु भएको छ।

यस्तै गत २४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यस्तै देशभरका प्रयोगशालामा ८ हजार ६ सय ८७ पीसीआर र ४ हजार ३ सय ३५ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ।