जेठ ३०, २०७८ आइतबार

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४८३, भक्तपुरमा ५८ र ललितपुरमा ११२ जना संक्रमित  थपिएका हुन्।

गत २४ घण्टामा देशभर २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन् भने ४६ जना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६८ हजार ९५५  जना सक्रिय संक्रमित रहेका छन्।