बाँकेमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बाँके, बर्दिया, दाङ, सल्यान, बैतडीका संक्रमितको मृत्यु भएको हो। बैतडी पुर्चौडी नगरपालिका वडा नं। ८ का ५५ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। जेठ १५ गते पीसीआर गरिएका उनलाई २५ गते भेरीमा भर्ना गरिएको थियो। बर्दिया राजापुर नगरपालिका वडा नं। १ का ४९ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। जेठ ९ गते पीसीआर गरिएका उनलाई १० गते भर्ना गरिएको थियो।
सल्यान कालिमाटी गाउँपालिका वडा नं। २ का ४६ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। जेठ १ गते पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो। बाँके बैजनाथ गाउँपालिका वडा नं। ५ का ६७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। जेठ १ गते पीसीआर गरिएका उनलाई ५ गते भर्ना गरिएको थियो। दाङ लमही नगरपालिका वडा नं। १ का ३२ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। जेठ २० गते पीसीआर गरिएका उनलाई २५ गते भर्ना गरिएको थियो।
योसँगै बाँकेमा कोरोनाबाट ३ सय ७ जना र अन्य जिल्लाबाट यहाँ उपचार गराउन आउँदा ३ सय ३७ जनाको मृत्यु भएको छ।