१. बिहान उठेर कागती-पानी पिउने गर्नाले शरीरको विकार पदार्थ निकाल्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने कामसमेत गर्छ ।
२. कागती भिटामिन 'सी' तत्वको भण्डार हो । जसमा एन्टीअक्सिडेन्टको गुण पनि हुन्छ । जसले छालाको दाग धब्बा हटाएर निखार ल्याउने काम गर्छ ।
३. कागती-पानीले शरीरमा पाचन रसको उत्पादनमा सहयोग गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
४. शरीरका विभिन्न जोर्नीमा हुने दुखाइलाई कागती पानीले कम गर्छ ।
५. कागती-पानीले मुख गन्हाउने समस्या समाधान गर्न मद्दत गर्छ ।
६. कागतीमा पाइने भिटामिन 'सी' र पोटाशियमले रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ ।
७. बिहान उठेर नियमित कागती-पानी पिउने गर्नाले दिनभर शरीरलाई स्फूर्ती राख्न र शरीरमा पानीको कमी हुन दिँदैन ।
८. यदि तपाईं शरीरको तौल घटाउने प्रयासमा हुनुहुन्छ भने बिहान उठेर एक गिलास कागती-पानी पिउनु निकै लाभदायक हुन्छ ।