पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३९१, भक्तपुरमा ७७ र ललितपुरमा १३० जना कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ६१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ३६६ पुगेको छ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ। नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २ सय ९५ जना कोरोना संक्रमित निको भएका छन्।
गत २४ घण्टामा ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९८८ एन्टिजेन परीक्षण भएको छ।