झापाको मेची अस्पतालको मेडिकल सुपरिन्टेन्डन्टमा बालरोग विशेषज्ञ डा. टंक बाह्रकोटी नियुक्त भएका छन्।
प्रदेश १ सरकारले भद्रपुरस्थित उक्त अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा। बाह्रकोटीलाई नियुक्त गरेको हो।
निवर्तमान सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुर सेवानिवृत्त भएपछि बाह्रकोटीले सो जिम्मेवारी पाएका हुन्।
सात वर्षअघि नै ११ औँ तहमा (सहसचिव) बढुवा भएका बाह्रकोटी ०६४ देखि मेची अस्पतालमा सेवा गरिरहेका छन्।